विवेकशील साझाको जिल्ला संयोजकमा भूपेन्द्रराज

चितवन, ६ जेठ ।  विवेकशील साझा पार्टी चितवनको जिल्ला भेलाले भूपेन्द्र राज वस्नेतलाई  जिल्ला संयोजक चुनेको छ । आज भरतपुरको पार्टि कार्यालयमा सम्पन्न जिल्ला भेलाले बस्नेत को संयोजकत्वमा पन्ध्र सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
समितिको   क्षेत्र नं.  एकको संयोजकमा निरज रेग्मी, क्षेत्र नम्बर २ का संयोजकमा जगदीश पन्त, क्षेत्र नम्बर ३ बाट बिष्णु प्र. पौडेल रहेका छन् । भेलाले सचिव मा रामचन्द्र तिमल्सिना, कोषाध्यक्षमा नवराज पोख्रेल तथा सदस्यहरुमा पुरुषोत्तम दुवाडी ईश्वर ढुङ्गाना ,सन्जिव अधिकारी, पुष्पा सापकोटा, शितल बाबु रिजाल दीर्घराज सापकोटा, कृष्ण ढकाल मनोज चौधरी र सृजना थापा रहनु भएको छ।
भेलाले पाटीको सदस्य बिस्तार बर्ष २०७५सालमा  बिस हजार सदस्यता बितरण गर्ने, भ्रटाचार न्युनिकरण र पारदशतिा सहभागिता मुलक लोकतन्त्र स्थापनामा  पहल गर्ने  जनाएको छ ।
जिल्ला संयोजक बस्नेतले राज्यको हरेक अगंको बिकास निर्माण गतिबिधीमा निगरानी राख्ने बताउनु भएको छ । उहाले आफ्ने कार्यकालमा चितवनका सातैवटा स्थानिय निकायमा टोल देखि वडा सम्म बिबेकशिल साझा पार्टिको इकाई गठन गर्ने जनाउनु भयो ।
गएको प्रतिनिधी सभाको निर्बाचनमा दश हजार पपुलर भोट पाएकोले जनपक्षिय काम गर्न उत्प्रेरणा मिलेको संयोजक बस्नेतको भनाई रहेको छ  ।
क्षेत्र नं.   २ का प्रतिनिधि सभाका उम्मेदवार भुपेन्द्र बस्नेत मानब शास्त्रमा स्नातकोत्तर गरेका ,लामो समय पत्रकारीता क्षेत्र र समाजसेवामा संलग्न ब्यक्ति हुन । नेपालकै पहिलो स्थानिय टेलिभिजन बेसो टेलिभिजनका प्रबन्ध निर्देशक समेत हुन ्।