३३ किलो सुनकाण्डका लोहनी सहित ११ जना एसएसपीको सरुवा,कसको कहाँ सरुवा ?(सुचिसहित)

काठमाडौँ,५ जेठ । ११ जना एसएसपीको सरुवा गरिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले ३३ किलो सुनकाण्डका आरोपी दिवेश लोहोनीसहित ११ एसएसपीको सरुवा गर्ने निर्णय गरेका हुन् ।

३३ किलो सुनकान्ड प्रतिवादी बनाई मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएपछि स्वतः निलम्बनमा परेका लोहनीलाई महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय जगेडा पुलमा सरुवा गरिएको छ ।

महानगरीय अपराध महाशाखामा भाने धिरजप्रताप सिंहको सरुवा भएको छ । त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का उपप्रमुखमा ठाकुरप्रसाद ज्ञवालीको सरुवा भएको छ ।