संरक्षणको पर्खाइमा ज्योतीनगरको अन्जना ताल

चितवन, ५ जेठ । भरतपुर महानगरपालिका वडा नं २६ मा रहेको अन्जना तालले पश्चिम चितवनको प्रतिष्ठा बढाएको छ । आन्तरीक पर्यटनको संभावना बोकेको यस तालको संरक्षण भने हुन सकेको छैन ।
नारायणघाटबाट करीब २० किलोमिटर पश्चिममा पर्ने यस तालसम्म पुग्न रामपुर चनौली सडक खण्ड पार गर्नु पर्दछ । प्रकृतिक रुपमै निर्मीत यस तालको सुन्दरता भनेकै प्रकृतीक सुन्दरता, निलो पानी तथा फुलहरु र त्यसमा खेल्ने माछा, चराचुरुङ्गीहरु हो । यसले आगन्तुकहरुको मनलाइ मोहित गर्न सक्छ । करीब ८ कठ्ठा क्षेत्रफलमै फैलीयको ताल ५,६ फिट गहीरो छ पहिला २०,२५ फिट गहिरो थियो हिडने बाटो नहुदा त्यहीबाटो हिड्नु पथ्र्यो बयल गाँडा पनी पानीले डुबाउथ्यो र डुङ्गामा बसेर पार गर्नु पर्ने थियो । अहिले पुरीदै गयको बताउछन स्थानिय बासिन्दा गोबिन्द रेग्मी ।
अन्जना ताल जैबिक हिसाबले पनी महत्वपुर्ण मानिन्छ । मानब बस्तीहरु बढदै गएपछी बन्यजन्तुहरु देखीन छाडेपछी यस तालमा स्थानिय थारुहरु माछा मार्ने, घरलिपपोत गर्नका लागी माटा निकाल्ने, गाईगोरुलाइ पानी खुवाउने बाहेक अन्य प्रयोजन गरिएको थिएन । संरक्षणको अभावमा पुरीदै गएपछी र अतिक्रमणको चपेटामा परेर हराउने डरभएपछी तालको संरक्षणमा स्थानिय र राज्यका केही लगानीहरु सुरु गरीएको थियो ।
तत्कालीन चित्रवन नगरपालीकाको वातावरण मैत्री कार्यक्रमबाट केही रकम बिनियोजित भएको र तारबार गरीएको छ तथापी धेरै गर्न बाकी रहेको बताउछन अन्जनाताल ब्यवस्थापन समितीका सचिव कृष्ण ढकाल ।
यस तालको संरक्षण र संम्र्वधनमा राज्यको ध्यान पुग्न सकेको छैन । पहिला पातलो बस्तीका कारण तालमा विभिन्न प्रकारका चराचुरुङ्गीहरु, जनावर बस्ने गर्थे । बजार बढदै गएपछी पहिला जस्तो चराचुरुङ्गी, जनावरहरु बस्ने कुरै भएन प्रकृतीक रुपमा सुन्दर हरियाली रहेकोले अवलोकन गर्न आउनेहरुका लागी थप सितलता प्रदान गरेको छ ।
तालको सुन्दरता कायम राख्न र यसको प्रचार–प्रसारमा त्यति ध्यान दिन सकिएको छैन । सिमसार क्षेत्र भएता पनी राज्यको नजरमा तालले अझ महत्व पाउन सकेको छैन । तालमा पानिहाँस खेलेको दृष्य मनमोहक लाग्छ । सारस सिम कुखुरा, जल कुखुरा, नर्कट लगायतका चराहरु कछुवा तथा धेरै प्रजातीका माछाहरु यहा पाइन्छ । यसलाइ बचाउन यहीतालको किनारा हुदै ज्योतिनगर देखी सिमरीटाउन जाने बाटोमा कंक्रीटवाल बनाउन ४ लाख बजेट छुट्याइएको बताउछन अध्यक्ष ज्ञानशाली घिमिरे ।
ताल संरक्षणमा ठोस पहल हुन सकेको छैन । ताल परीसरलाइ बनभोज स्थल तथा रमणिय पार्ककौ रुपमा विकास गर्न बजारको नजिकपनी भएकोले आन्तरीक पर्यटकहरुको रोजाइ बन्न सक्छ । यहाका जैबिक बिबिधता,प्राकृतीक सुन्दरताको संंरक्षण र संम्र्वधन गर्नसके हाम्रो पहिचान र यस क्षेत्रको सुन्दरतालाइ चम्काउन सकिने बताउछन् अन्जनाताल व्यवस्थापन समितीका अध्यक्ष ज्ञानशाली घिमिरे ।
धार्मिक पहिचान बोकेको आदीवाँसी थारु जातीहरुले २०१९ सालदेखीनै चितवन भरीका गुरौहरु जम्मा भएर पुजा गर्ने गरेको र बिक्रमबाबा जस्तै सामान्य मेला लाग्ने गरेको कुखुरा तथा पाठाँहरु बली दिने गरीएको थियो । पछी थारुहरु बिस्थापीत हुदैजादा पुजाँ छोडदै गएको यसलाई निरन्तरता दिन सकेको खण्डमा महत्वपुर्ण गुरौ थान तथा हालको कालीका मन्दिरको नजिकै रहेको यस तालको स्थानिय तथा बाह्य धार्मिक पर्यटकहरुको पनी रोजाइ बन्न सक्ने बताउछन स्थानिय बासीन्दा हिरालाल अधिकारी ।
तालको ऐतिहासिकता र किम्बदन्ती
सबै तालहरु यउटा किम्बदन्ती सँग जोडीएका हुन्छन । यस्तै यस भेगमा प्राचिन गुरौ थारुहरुको बसोवास रहेको थियो । आदीवाँसी थारु जातीहरुको महत्वपुणर््ा गुरौ थान तथा हालको कालीका मन्दिर भएको रहेको यस तालको वरीपरी नरकट घारी रहेको र बाघ भालु समेत लुक्ने गरेको र यस तालमा बन्यजन्तुहरुको पानी खाने ठाउ रहेको त्यही बाघ भालु लुक्ने र पानी खाने ठाउ बाटनै अन्जना नाम रहेको बताउछन २०११ साल देखी दिब्यनगरमा बसोवास गरीरहेका हिरालाल अधिकारी बताउछन ।
यस तालको सन्र्दभमा पुरानो लोककथा चर्चित रहेको बताउछन स्थानिय बासीन्दा रामचन्द्र चौधरी हाल नवलपरासीमा पर्ने नन्दभाउजु तालको आसपासमा एक जना यादव भनिने गाइपालकले गाइपालेका रहेछन र तालको नजिकै गाइ चराउने रहेछन ।
एक दिन गाइ चराइ रहदा गरुडले सर्पलाइ लखेटदै ल्याएको र ताल छेउको दुलोमा सर्प पसेको र दुइ तिर मुख भएको दुलो भएको हुदा गरुडले यताबाट समात्न खोज्दा उता निस्कने र उताबाट समात्न खोज्दा यता निस्कने गरेर गरुडलाइ धैरै दुख दिएको थियो ।
गाइपालक यादबले गरुडलाइ एकातिर यउटा खुट्टाले छेकेर अर्को तिरबाट दुलोबाट सर्प निकाली खाने सल्लाहा दिएका थिए ।
त्यसपछी त्यो सर्पले यादबलाइ श्राप दिएको साथै गरुडले त्यस सर्पलाइ यसै क्षेत्र ज्योतिनगरमा ल्यायर खाएको थियो । त्यस सर्पलाइ नाग देवता मान्दै नागको श्राप लाग्ने भन्दै परम्परा देखी गुरौ थारुहरुले माडी देखी आयर सालको एक चोटी पुजागर्ने गरेका थिए ।
त्यस सर्पको काडाँहरु खसेको ठाउमा पानीको मुल निस्केको पछि सम्मपनि त्यी काडाहरु रहीरहेको त्यस ठाउमा इनार पनी रहेको र गरुड बसेको भएर सबै वरपरका रुखहरु बाङ्गा टिङ्गा रहेको कथा आफुले सुनेको रामचन्द्र चौधरीले बताए ।