भ्याट छली गर्दै चितवनका एजुकेशन कन्सल्ट्रेन्सी, हान्गुगले १६ हजार लिएर ३ हजार ५ सयको भ्याट बिल जारी गर्ने गरेको भेटियो

 

प्रकाश सिग्देल

चितवन, ४ जेठ । जिल्लामा सन्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रहरुले भ्याट छली गर्ने गरेको भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार गरेको अनुगमनका क्रममा एजुकेशन कन्सल्ट्रेन्सीहरुले थोरै मुल्यको भ्याट बिल काट्ने र विद्यार्थीसगँ धेरै मुल्य लिने गरेको भेटिएको हो ।
अनुगमन गर्न गएको टोलीले शहिदचोकमा रहेको हान्गुग ल्याङ्गवेज ईन्टिच्युड, हिनोदे एजुकेशन कन्सल्टे«न्सी, मेनुका ढुगांनाले सन्चालन गरेको आशुनोही ल्याङ्गवेज ईन्टिच्युडमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा हान्गुग ल्याङ्गवेज ईन्टिच्युडले हानकुक ल्याङ्गवेज ईन्टिच्युडको नामबाट अनुमति लिएको तर हान्गुग ल्याङ्गवेज ईन्टिच्युडको नामबाट सञ्चालन गरेको भेटिएको र व्द्यिार्थीसंग कोरियान भाषाको १६ हजार रुपैया शुल्क लिएर ३ हजार ५ सय रुपैयाको भ्याट बिल काटेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताउनु भयो ।
त्यस्तै मेनुका ढुगांनाले सन्चालन गरेको आशुनोही ल्याङ्गवेज, ईन्ट्रिच्युड अनुमति बिनै सन्चालनमा आएको भेटिएकाले उसको पनि बिल नियन्त्रणमा लिई आवस्यक कागजात सहित कार्यालयमा उपस्थित हुने व्यवहोराको पत्र बुझाएको उहाले बताउनु भयो ।
त्यस्तै हिनोदे एजुकेशन कन्सल्टे«न्सीले भने प्रक्रिया पुरा गरेको भेटिएको छ । उसको पनि बिल टोलीले नियन्त्रणमा लिईएको छ । अनुगमनमा थप कडाई गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।