प्रचण्डले पुरा गरे बाचा ! आयो ८ आठ करोड बजेट भरतपुर–रामपुर–चनौली सडक खण्ड बनाउन

चितवन, ४ जेठ । चितवनमा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बजेट रकमान्तर गरि आठ करोड रुपैयाँका नयाँ योजना भित्रिएको छ ।
चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डको पहलमा आजै मात्र अर्थमन्त्रालयबाट सो बजेट स्वीकृत प्राप्त भएको चितवन क्षेत्र नं.३ अन्तरगत प्रचण्डको स्वकिय सचिव निशा न्यौपानेले जानकारी दिईन्
लामो समय देखि समस्या ग्रस्त रहेको भरतपुर–रामपुर–चनौली सडक खण्ड निर्माणका लागि भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयको बजेट रकमान्तर गरी वजेट परेको उनले बताईन् ।


अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत मनोज रेग्मीले दिएको जानकारी अनुसार सो बजेट यसै आर्थिक बर्षको असार भित्र सक्ने गरि स्वीकृत गरिएको हो ।
साथै जिल्ला अन्य धेरै विकास योजनाहरु सिफारिस गरेको बताउदै सचिव न्यौपानेले वैदेशिक साझेदारी अन्तरगतको बहुवर्षिय आयोजनाका लागि रकम विनियोजन गरिएको र १७ करोड रकम आउने निश्चित भएको समेत जानकारी गराईन् ।

प्रचण्डले गुञ्जनगर  उद्धघाटन गर्दै भरतपुर–रामपुर–चनौली सडक खण्ड धुलै धुलो भएको भन्दै आफुले छिटै बजेट पर्ने प्रतिवद्धा व्यक्त गरेका थिए ।  प्रचण्डले गुञ्जनगर माविको स्वर्ण महोत्सवको उद्धघाटन गर्दै भरतपुर–रामपुर–चनौली सडक खण्ड धुलै धुलो भएको भन्दै आफुले छिटै बजेट पर्ने प्रतिवद्धा व्यक्त गरेका थिए ।