इन्द्रपुरीमा जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने

चितवन, वैशाख ३१। पश्चिम चितवनको इन्द्रपुरीमा जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगीता हुने भएको छ । जनकल्याण यूवा क्लव भरतपुर–६, इन्द्रपुरीले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगीता गर्न लागेको हो ।
श्री माध्यामिक विद्यालय इन्द्रपुरीको खेल मैदानमा जेठ २३ गतेबाट २६ गते सम्म खेल संचालन हुने जनकल्याण यूवा क्लवका अध्यक्ष अरुण श्रेष्ठले बताउनु भयो ।
उहाँले फुटसल खेललाई व्यवसायीकरण गर्दै यसको विकास र प्रवद्र्धनका लागि प्रतियोगीता गरिएको बताउनुभयो ।
जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगीता विजेता टिमले ५० हजार नगद र उपविजेता टिमले २५ हजार नगद सहित ट्रफि प्राप्त गर्ने कार्यक्रम संयोजक आकाश गुरुङ्गले बताउनुभयो ।
यस्तै उत्कृष्ट टिमले ५ हजार, उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल किपरले सम्मान २५र२५ सय र ट्रफी प्राप्त गर्ने संयोजक गुरुङ्गले जानकारी दिनुभयो ।
जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगीता सहभागी हुन इच्छुक टिमले ५ हजार दर्ता शुल्क तिनुपर्ने छ भने प्रत्येक टिममा ८ खेलाडी र एक प्रशिक्षक रहने आयोजकले बताएको छ ।