श्रद्धान्जली-सभा-सम्पन्न

चितवन,३० वैशाख । नेकपा माओवादि केन्द्र रत्ननगर ९ वटा कमिटिको आयोजनामा आज (आईतवार) श्रद्धान्जली सभा सम्पन्न भएको छ ।माओवादी केन्द्रको युवा संगठन वाईसियल चितवनका पुर्व जिल्ला सचिवालय सदस्य एवं अखिल क्रान्तिकारी चितवनका पुर्व सचिवालय सदस्य विष्णु पोखरेलका पिता वासुदेव पोखरेलको ११ औं दिनको पुण्यतिथिमा वडा कमिटिले श्रद्धान्जली सभा गरेको हो ।

सभामा नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य एवं प्रदेस नम्वर तीन चितवन क्षेत्र नम्वर दुई का प्रदेश सभासद घनश्याम दाहाल अभिनासको प्रमुख आतिथ्यतामा भएको सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक सदस्य राजु अमगाई सुवोध , हुतरज पन्त , प्रदिप वन्जरा , वाइसियल नगर अध्यक्ष सिलन वराल , सचिव विकास पौडेल लगायतले शोक मन्तव्य राखेका थिए ।
श्रद्धान्जली सभा वडा कमिटि ईन्चार्ज मेघनाथ पौडेलको अध्यक्षतामा भएको थियो।