आरुषी काव्य प्रभात( २०७५)तथा भित्तेपात्रो बिमोचन

चितवन, २९बैशाख । आरुषी मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा आरुषी काव्य प्रभात(२०७५)तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सभ्य अनि भव्य रुपमा सम्पन्न भएको छ। बिरेन्द्र बहुमुखी क्याम्पसका भुतपुर्व क्याम्पस प्रमुख एल.बि क्षेत्रीको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा बरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठ र चितवन साहित्य संगमका सचिव
द्वारिका नेपाल विशिष्ट अतिथी साथै साहित्यकार ईश्वर कडेंल, शिक्षक खेमलाल पहारी,बालकृष्ण थपलिया,के.पि किरण शर्मा,ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण ज्यु ठकुरी ,होलिडेज क्रीयसन होम प्रा.लि कि प्रमुख लक्ष्मी पन्त ,साहित्यकार गायक तथा संगीतकार निर्दोष जिवन,संचारकर्मी सरोज पाठक ‘सुमन’बिजय बिश्वकर्मा लगायतका व्यक्तित्वहरु अतिथीको रुपमा रहनुभएको थियो।कार्यक्रममा उपस्थित झण्डै दर्जन भन्दा बढीले आफ्ना सृजनाहरु प्रस्तुत गरेका थिए।संस्थाका अध्यक्ष सन्तोष बस्ताकोटिको अध्यक्षतामा सम्पन्न कार्यक्रम अजय पौडेलले सन्चालन गरेका थिए।

सोही दिन आरुषी मिडिया एण्ड ईन्टरटेन्मेन्टले मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत बालबालिकाका लागि एक दिनको खाजा बितरण गरेको छ।पिजन ईन्टरनेशनल एण्ड एजुकेसन सेन्टरको प्रायोजनमा संचालित उक्त कार्यक्रम राजेन्द्र श्रेष्ठ को प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सन्तोष बस्ताकोटिको अध्यक्षतामा संचालन भएको थियो।