फोरमका अध्यक्ष उपेन्द्र यादव चितवन आउने

चितवन , बैशाख २९ । सङ्घिय समाजवादी फोरम नेपालको केन्द्रिय अध्यक्ष उपेन्द्र यादव चितवन आउने भएका छन् ।
ऐतिहासिक रुपमा तिन चरणको निर्वाचन भइसकेको र त्यसपछिको घटनाक्रम र निर्वाचनको समिक्षा गर्न यादव चितवन आउन लागेको आज रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सोमबार भरतपरमा हुने एक कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव सहित पार्टीका नेताहरु आङ्काजी शेर्पा, रेणु यादव , प्रकाश अधिकारी , युवराज कार्की चितवन आउने कार्यक्रम रहेको सङ्घिय समाजवादी फोरम नेपाल चितवनको अध्यक्ष प्रेम भुजेलले जानकारी दिए ।
केन्द्रिय अध्यक्षको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम, अन्र्तक्रिया कार्यक्रम एवम् निर्वाचनको समिक्षा समेत गरिने जिल्ला अध्यक्ष भुजेलले बताए ।
संघको निर्वाचनमा १६ सिट र प्रदेशमा ४१ सिट प्राप्त गरेको पार्टीले चितवनमा संगठन बिस्तारको कामलाई तिब्रता दिइरहेको छ ।