बलभद्र कुँवरको शालिक शिलान्यास

चितवन, २९ बैशाख । भरतपुर महानगरपालिका वडा नम्बर १ आँपटारीमा नालापानी युद्धका नायक एवम् राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको शालिक बन्ने भएको छ ।
कुँवर समाज नेपाल जिल्ला शाखा चिनवनले निर्माण गर्न लागेको बलभद्र कुँवरको शालिकको शनिबार प्रदेश ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले शिलान्यास गरेका छन् । जलदेवी सामुदायिक वनको पार्क रहेको स्थानमा निर्माण गरिने बलभद्र कुँवरको पूर्ण कदको शालिकको तौल पाँच टन तथा उचाई पाँच फिट पाँच इन्चको हुने बताइएको छ ।
शालिकको शिलान्यास गर्दै प्रदेश ३ का अर्थमन्त्री ढुंगेलले हाम्रा पूर्खाहरुले हामीले गौरब गर्न सक्ने काम गरेर गएकाले नै उनीहरुको कारण हाम्रो शीर उचो भएको बताए । पूर्खाहरुको बारेमा चिनारी दिने काम सबैले गर्नुपर्ने भन्दै अर्थमन्त्री ढुंगेलले हिजो पूर्खाहरुले जोगाँएको मुलुकलाई अव हामीले विकास र समृद्धिको बाटोमा डो¥याउनुपर्ने ढुंगेलको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले राष्ट्र र राष्ट्रियको लागि संघर्ष गर्न पछाडि हट्न नहुने सन्देश राष्ट्रिय विभूतिहरुले दिएकाले हाम्रो पहिचान रक्षाको लागि सबै एक हुनुपर्ने बताए । शनिबार शिलान्यास गरिएको शालिक निर्माणको लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने भन्दै कुँवर समाज चितवनका अध्यक्ष चक्रबहादुर कुँवरले आगामी माघ १७ गते अनावरण गर्ने गरि शालिक निर्माण गरिने बताए ।