प्रवेश शुल्कमा भ्याट लगाउँदै चितवन राष्ट्रिय निकुञ्ज, व्यावसायीको विरोध

चितवन,२८ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कमा भ्याट लगाउँदै आएको छ । मुल्य अभिबृद्धि कर ऐन ,२०५२ मा उल्लेख भए अनुसार राष्ट्रिय निकुञ्जको प्रवेश शुल्कमा कर छुट गरिएको भएपनि निकुञ्जले प्रवेश शुल्कमा भ्याट लगाउने गरेको हो ।

अहिले चितवन राष्ट्रिय निकुञ्जको प्रवेश शुल्क बिदेशीका लागि रु १५०० हो जसमा १३५ मुल्य,अभिबृद्ध,कर तिर्दा १६९५ हुन्छ । यो रकम प्रत्येक बिदेशीले तिर्दै आएका छन । नेपालीको प्रवेश शुल्क १०० अनि सार्क ७५० मा पनि अतिरिक्त १३५ मल्यु,अभिबृद्धि ,कर तिर्दै आएको छ ।
यसैबीच निकुञ्जले प्रवेश शुल्कमा भ्याट लगाउँदै आएपछि व्यावसायीहरुले विरोध जनाएका छन् । क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले फेसबुकमा स्टाटस लेख्दै मुल्य अभिबृद्धिकर ऐन २०५२मा उल्लेख भए अनुसार राष्ट्रिय निकुञ्जमा कर छुट गरिएको तर निकुञ्जले त्यस विपरित भ्याट लगाउदैँ आएको बताएका छन् । उनले कर छुट हो भने निकुञ्जले किन भ्याट संकलन गरेको भनेर स्टाटसमा प्रश्न गरेका छन् ।