मुग्लिन सडक सवारी चालकको लापरवाहीले अवरुद्ध, यात्रुको विचल्ली

 

चित्र बहादुर गुरुङ
मुग्लिन, २८ वैशाख । स्तरोन्नतीको लागि निर्माणधिन मुग्लिन नारायणगढ सडक खण्डको कारण घण्टौ सवारी अवरुद्ध हुदै आएको पछिल्लो समय सडक निर्माणको काम अन्तिम चरणमा आईरहदा मुग्लिन र आसपासका राजमार्ग भने घण्टौ सम्म अवरुद्ध हुन थालेको छ ।

पछिल्लो दुई तीन यता बिना कारण कम्तिमा पनि तीन चार घण्टा सवारी अवरुद्ध हुन थालेको यसको प्रमुख कारण चालकको लापरवाही देखिएको छ ।

आज शुक्रबार मात्रै बिहान करिब ३, ४ बजेतिरबाट सुरु भएको सवारी अवरोध अहिले दिउसो १ बजेसम्म पनि सहज गराउन नसकिएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर के.सी.ले बताउनुभयो ।

बाटो अवरोध हुदा अती आवश्यक सवारी साधन एम्बुलेन्स समेत चल्न सकेको छैन । साईतमा नै पुग्नुपर्ने दर्जनौ बिहेका गाडी अड्किएका छन् । बाटो अवरुद्ध हुनुको मुख्य कारण जाममा ओभरटेक गरेर एकै साइडका गाडी दुई/तीन लाईन चलाईदिनु हो ।

आज मात्र नाग्दिखोला देखि लेवाटारसम्म करिब ४ किलोमिटरसम्म एकैतर्फका सवारीहरुको दुई/तिन लाईन रहेको छ । यसकारण यो बाटो अवरोध खोल्न तत्काल सहज छैन ।