गधाको जागिरका लागी आवेदन खुलेपछि…

भारत । तपाईले गधाको जागिरका लागी आवेदन खुलाएको कहिल्यै देख्नु वा सुन्नु भएको छ । भारतमा भने यस्ते रोचक माग गरिएको छ । जहाँ एउटा गधाको नाममा नायब तपशिलदार पदको लागी फारम भरिएको पाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

जम्मु सेवा कास्मिर सेवा चयन बोर्डले आवेदन स्वीकार गरी प्रवेशपत्र जारी गरेपछि जागीरको लागी आवेदन खुल्दा एउटा गधाको नाममा नायब तपशिलदार पदको लागी फारम भरिएको पाइएको छ ।

राज्वस्व विभागमा तपशिलदारको लागी गत अप्रिल २१ मा लिखित परिक्षामा गधा भने सामेल भएन । गधाको नाममा फारम भर्ने व्यक्ति र नजाँची प्रवेशपत्र जारी गर्ने दुवै ब्यक्ति गलत भएको भन्दै अहिले उनीहरुको चर्को आलोचना भइरहेको छ ।