सौराहामा ६२ औँ राष्ट्रिय खुल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता भोलीबाट

किशोर रिजाल
चितवन, २७ बैशाख । पर्यटकीय नगरी सौराहामा ६२ औँ राष्ट्रिय खुल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०७५ भोली देखि सुरु हुने भएको छ ।
सौराहा तेक्दवान्दो डोजाङ्ग र सरित सौराहा तेक्दवान्दो डोजाङ्गको संयुक्त आयोजनामा हुने प्रतियोगिता सौराहाको होटल सेभेन स्टारमा दुई दिन सम्म चल्नेछ ।
“भविष्यका लागि प्रकृतिको संरक्षण” भन्ने मुल नारासहित खेल मार्फत संरक्षणमा समेत खेलाडीहरुलाई अग्रसर गराउने ६२ औँ प्रतियोगिता सौराहामा आयोजना गरेको सौराहा तेक्दवान्दो डोजाङ्गका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको भोली दिउँसो साढे १२ बजे एक भव्य समारोहका विच रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी र तेक्वान्दो संघका ३ प्रदेश अध्यक्ष केशव पुरीले संयुक्त रुपमा उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा चितवनको ६ टिमसहित देशका विभिन्न जिल्लाबाट आएका ७ टिम गरि कुल १३ टिम उपाधीका लागि सहभागी हुने सरित सौराहा तेक्दवान्दो डोजाङ्गका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।
प्रतियोगितामा मुख्य जुरीमा अन्र्तराष्ट्रिय तेक्वान्दो निर्णय पुष्पराज जोशी र रविन जोशी रहेका छन् । भने निर्णयकहरु निरु थापामगर, नविना थापामगर, सुस्मा राई, प्रदिप श्रेष्ठ, गोपाल श्रेष्ठ, राजु दराई, शैलेश श्रेष्ठ, ईन्द्रराज चौधरी, सुदिप गिरी लगायतका रहेका छन् । प्रतियोगितामा विजेताले शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार पाउने छ ।