सेयर संख्या बढ्यो, आम्दानी घट्यो

काठमाडौंं,२३ बैशाख । बैंकहरूको नाफा उल्लेख्य बढे पनि पछिल्लो एक वर्षमा सेयरधनीले औसतमा तीन प्रतिशतले आम्दानीमा घाटा व्यहोरेका छन् । ‘क’ वर्गका बैंकमा सेयर लगानी गरेका सर्वसाधारण लगानीकर्ताको संख्यामा भएको वृद्धिको अनुपातमा नाफा कम बढ्को छ ।

२०७३ चैतसमान्तसम्म औसतमा १८ दशमलव २४ प्रतिशत नाफा कमाएका सेयर धनीको २०७४ चैतमा भने १५ दशमलव १४ प्रतिशतले मात्र नाफा कमाएका छन् । पछिल्लो वर्ष एक सय रुपैयाँ बैंकमा लगानी गरेका सेयर लगानीकर्ताले १५ रुपैयाँ १४ पैसा कमाएको देखिन्छ । गत वर्षको यो अवधिमा प्रतिसेयर बराबर १८ रुपैयाँ १४ पैसा कमाएका थिए ।

सेयरको संख्या बढ्दा प्रतिसेयर आम्दानी घटन गएको सेयर विश्लेषक अमृत खरेलले बताए । दुई करोड कित्ता सेयर भएको बैंकको सेयर संख्या बढेर आठ करोड कित्ता पुगिसकेको छ’, उनले भने, ‘सेयर बढे पनि सोही अनुरुपको नाफा बढ्न सकेको छैन ।’ पुँजी भने चार गुणा बढ्यो तर, नाफा हिजो कै अनुपातमा छ । राम्रो नाफा वृद्धि गरेका बैंकले पनि सेयर लगानी कर्तालाई प्रतिसेयर आम्दानी राम्रो दिन सकेका छैनन् ।’ आजको अन्नपूर्णपोष्टमा खबर छ ।