काँग्रेसी चितवने भन्छन् अब असन्तुष्टी अन्त्य गरौँ

 

चितवन, २२ बैशाख । काँग्रेस भित्र रहेका समस्याहरु समाधान गर्दै अघि वढ्नुपर्ने शनिवार भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । नेपाली काँग्रेस चितवन साबिक क्षेत्र नम्बर तीनले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले पहिला देखिको असन्तुष्टी अन्त्य गर्दै अघि वढ्नु पर्ने बताएका हुन ।

काँग्रेस चितवनले गत बैशाख १४ गते देखि सुरु गरेको अवको काँग्रेस प्रशिक्षित काँग्रेस अभियानलाई तिव्रता दिन साबिका ५ निर्वाचन क्षेत्रमा नेताहरु खटाए संगै क्षेत्र नम्बर तीनमा शनिवारबाट वाट कार्यक्रम सुरु गरेको हो ।
क्षेत्र नम्बर ३ मा पृथ्बीमान गुरुङ्, राजिव न्यौपानेलाई अभियानको जिम्मा दिईएको थियो । क्षेत्री स्तरको अभियानको सुरुवाति दिनमा वडा अध्यक्ष तथा पराजित वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा बोल्ने बक्ताहरुले काँग्रेस भित्रको जंजिर र असन्तुष्टिका कारण निर्वाचनमा हार वेहोनु परेको बताएका थिए । हारलाई आत्मसाथ गर्दै अबका दिनहरुमा बिबादको अन्त्य गर्नु जरुरी रहेको उनिहरुके भनाई थियो । अहिले काँग्रेसको भूमिका बिकासमा साँझेदारी र स्रोत दुरुपयोगमा खवरदारीको रहेको भन्दै उनिहरुले अझै शशक्त रुपमा काँग्रेस लाग्नु आबश्यक रहेको बताएका थिए । निर्वाचनका सममया आँफुहरुले गरेको प्रतिवधता पुरा गर्नका लागि पनि खवरदारी आबश्यक रहेको उनिहरुको भनाई थियो ।

नेपालि काँग्रेस चितवान साबिक क्षेत्र नम्बर ३ का कार्यवहाक सभापति भरत लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ईच्छाकामना गाउँपालिका प्रमुख गिता गुरुङ्, उपप्रमुख कृतिकुमार श्रेष्ठ, महासमिति सदस्यहरु लगायतले बोल्नु भएको थियो ।

कांग्रेस चितवनले शुरु गरेको अबको काँग्रेस प्रशिक्षित काँग्रेस भन्ने मुल नाराका साथ सुरु गरेको संगठन सुदृढिकरण तथा पुनःजागरण अभियान ४५ दिन सम्म संञ्चालन हुने छ । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पहिलो चरणमा क्षेत्रीय समिति, नगर समिति हुदै वडा स्तरीय बैठकहरु हुने छन् । यो संगै संगठन सुदृणीकरण गरिने उहाँले बताउनु भयो ।
काँग्रेस चितवनमा १९ हजार ६ सय जना कृयाशिल सदस्य रहेका छन् । उनिहरुलाई प्रशिक्षित वनाउँदै संगठन सुदृण गरीने श्रेष्ठले बताउनु भयो । अभियानका क्रममा क्षेत्रमा प्रशिक्षण, भेला तथा अन्तरकृया कार्यक्रम गरिने छ । कार्यक्रमको बिच बिचमा काँग्रेसका शिर्ष नेताहरु चितवन आउने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।