“प्रधानमन्त्री ओलीले भने : अब हरेक पाईला विकास, आधुनिकता, परिर्वतन र समृद्ध नेपाल” (भिडियो)

राजेन्द्र आचार्य
चितवन, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक पाईला अब विकास, आधुनिकता, परिर्वतन र विकास र समृद्ध नेपाल हुने दावी गरेका छन् ।
“नेपाल नयाँ युग नयाँ चरण प्रवेश ग¥यौँ उहाँले भन्नुभयो मेरो हरेक कदम हरेक ठाउँमा हरेक पाईला विकास, हरेक पाईला आधुनिकता, हरेक पाईला परिर्वतन तर्फ र विकास र समृद्धि नेपाल हुन्छ ।”

 

कृषि तथा बनबिज्ञान विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहलाई चितवनको रामपुरमा बाल्दै उहाले कृषिको विकासका लागि माटोको स्वास्थ्य परिक्षण गरेर मात्रै खेती गर्नुपर्नेमा जोड दिनुभयो ।


सो अवसरमा उहाँले उपयुक्त ठाउँमा डाडाकडाँमा छहरीएका बस्तीको व्यवस्थापन गर्ने बताउदै भीरमा बस्ने कुरा अन्त्य गर्ने दावी गर्नु भयो ।
“भीर बस्नु हुदैन्, हामी उपयुक्त ठाउँमा बस्ती सा¥छौँ उहाले भन्नुभयो घर, विद्यालय, स्वास्थ्यचौकी विजुली, खानेपानी आदी प्रबन्ध गछौँ ।”
प्रधानमन्त्री ओलीले नेपालीको बसाई विकासको बाधक भएको भन्दै अब छहरीएका बस्तीहरु एकिकृत हुने सकेत गर्दै सबैलाई बसाईको तरिका मिलाउन आग्रह पनि गरे ।


नेपालमा विकासको बाधक अव्यवस्थित बसाई पनि भएकाले त्यसलाई व्यवस्थित गरिने उहाँको भनाई छ ।
कृषिको आधुनिकरणबाट मात्रै नेपाल समृद्धी हुने बताउनुभएको छ ।
“अब हामी कृषिको आधुनिकरण गर्नुप¥यो, व्यवसायीकरण गर्नुप¥यो, मेसिनीकरण, उन्नत जातको बिउविजीकरण र सिचाईको प्रबन्ध र प्रविधिक सहयोग गर्नुप¥यो उहाले भन्नुभयो, अनि मात्रै नेपाल समृद्धि बन्न सक्छ । ”
प्रधानमन्त्री ओलीले प्राकृतिकको सहि सदुपयोग गरि नेपालमा कृषिबाटै विकासको मुल फुट्ने उद्घोष गरे ।

उक्त दीक्षान्त समारोहमा भारतको चौधरी चरण सिंह हरियाणा कृषि विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर केपी सिंहले नेपालमा कृषिमा अथाह सम्भावना भएकोले कृषिको रुपान्तरणमा जोड दिनुभएको थियो ।
समारोहबाट विभिन्न संकायका तीन सय १२ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

उक्त समारोहमा विश्वविद्यालयका कूलपति एवम् प्रधामन्त्री कपी शर्मा ओली र सहकुलपति एवम् शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले उत्कृष्ट विद्यार्थीहरुलाई दीक्षित गर्दै १० जना विद्यार्थीहरुलाई कूलपति तथा उपकूलपति पदकद्वारा सम्मानित गर्नुभएको थियो ।