सुन तस्करी गोरेकी पत्नी निरु खरेल ‘डिभोर्स’को तयारीमा थिइन् !

काठमाडौं,२१ बैशाख । गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरिएको छ ।

सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलुगडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका हुन् ।

तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिको बयान दिने क्रममा उप्रेतीसँग सम्लग्न रहेकाहरुले बताएका छन् ।

उनको खोजीमा इन्टरपोललाई जानकारी गराईसकिएको छ । ३४ जना फरार अभियुक्तको खोजिका लागी प्रहरीका फरक(फरक टोली खटाइएको छ ।

यसैबीच, सुन डन मानिने उप्रेतीसँग उनकी पत्नी निरु खरेल उप्रेतीेले डिभोर्स दिने बताएका घटनाको विवरणमा उल्लेख छ । आजको राजधानी दैनिकमा खबर छ ।
छानविन समितिलाई मृतक सनमकी पत्नीले दिएको बयान उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘सनमलाई प्रहरीले पक्राउ गरेछ, गोरे दाइ कहाँ छन् भनी निरुसँग सोधेँ, उनको मोबाइल नम्बर माग्दा गोरेसँग सम्पर्क नभएको धेरै भइसक्यो, म त अब गोरे आउनेबित्तिकै डिभोर्स गर्छु, बरु तिमीसँग सम्पर्क भयो भने मलाई गोरेको नम्बर देऊ भनी फोन राखिन् ।’