युवतीको सिक्री चोर्ने युवक पक्राउ

काठमाडौं,२० बैशाख । बाटोमा हिडिरहेको अवस्थामा गलामा लगाएको सिक्रि लुछेर भाग्ने एक युवक पक्राउ परेका छन्। रौतहटका यासिफ सेखलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो।
उनले बैशाख १६ गते सेतोपुलमा यमुना राईको सिक्रि लुटेका थिए। लुटपाटमा प्रयोग गरिएको स्कुटरसहित उनलाई पक्रा गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

उनी पेशेवर लुटेरा भएको अनुसन्धानमा खुलेको छ।