नवलपरासीको गैँडाकोट नगरपालिकामा पल्सर मोटरसाईकलले ठक्कर दिदाँ एक महिला घाईते

राजन खरेल

गैँडाकोट, १९ वैशाख । नवलपरासीको गैँडाकोट नगरपालिकामा पल्सर मोटरसाईकलले ठक्कर दिदाँ एक महिला घाईते भएकी छिन् ।

पुर्व पश्चिम महेन्द्र राजर्माग अन्र्तगत गैँडाकोट नगरपालिकाको अमरापुरीमा बुधबार मध्यान्न भएको दुर्घटनामा परि गैँडाकोट १६ अमरापुरी बस्ने वर्ष ४९ कि तिला देवि पौडेल घाईते भएको अस्थाई प्रहरी पोष्ट बेल्डियाले जनाएको छ ।
ना.४६.प. ६६४२ नम्बरको पल्सर मोटरसाईकलले पैदल यात्री पौडेललाई ठक्कर दिदाँ उनि घाईते भएकी हुन् । घाईते महिलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।