द नारायणी रिसोर्टको ध्वनी प्रतिरोधात्मक पाँच वटा हलसहितको नयाँ होटल आउने

गैडाकोट, १९ बैशाख । अत्याधुनिक सुविधा सम्पन्न ध्वनी प्रतिरोधात्मक पाँच वटा हल सहित नवलपुरको गैडाकोटमा नयाँ होटल सञ्चालनमा ल्याइने भएको छ ।
गैडाकोटको नारायणी किनारमा रहेको द नारायणी रिसोर्टले गैडाकोटमै कालिगण्डकी चोकमा सुविधा सम्पन्न आफ्नो भगिनी होटललाई ध्वनी प्रतिरोधात्मक रुपमा सञ्चालन गर्न लागेको हो ।
नयाँ होटल प्रस्तावित होटल नारायणी रिसोर्टका लागि आवश्यक भवन निर्माणको काम समेत वुधवारवाट शुरु गरिएको छ । झण्डै पाँच करोड लगानीमा निर्माण हुन थालेको सो होटलको अध्यक्ष प्रभाकर पण्डितले एक कार्यक्रमका विच शिल्यान्यास गरि निर्माण कार्य अगाडी वढाइएको हो ।
“सभा हल ध्वनी प्रतिरोधात्मक वनाइएपछि यसले हलभित्र वजेका म्यूजिकका ध्वनीलाई भवन वाहिर आउन दिदैन”, अध्यक्ष पण्डितले भन्नुभयो, “विशेष प्रविधि अपनाएर वनाउन लागिएको यो प्रविधिको होटलले समुदायमा हुने ध्वनी प्रदुषण रोक्न सहयोग पुग्ने विश्वास गरेका छौ ।” ध्वनी प्रतिरोधात्मक हल भएकै कारण होटल भित्र हुने कुनै पनि कार्यक्रमहरुले सो भवन वाहिर वा समुदायमा ध्वनी प्रदुषणको असर नहुने पनि उहाँले वताउनुभयो ।
गैडाकोटको कालिगण्डकी चोक स्थित पूर्व पश्चिम राजमार्ग सगै जोडेर वनाउन लागिएको सो होटलमा २० डिलक्स कोठा, अत्याधुनिक सुविधा सम्पन्न पाँच वटा हल, रेष्टुरेन्ट एण्ड वार भवन, गार्डेन सहितको पार्किङ्ग, वाल वगैचा सहितको पार्क निर्माण कार्य शुरु गरिएको रिसोर्टका अध्यक्ष प्रभाकरण पण्डितले जानकारी दिनुभयो । ८ रोपनी अर्थात १२ कठ्ठा जग्गामा निर्माण हुन लागेको सो होटल नवलपरासी र यस सग जोडिएका जिल्लाहरुकै नमुना हुने दावि अध्यक्ष पण्डितको छ ।
चितवन र नवलपरासीका ६ जना ब्यवसायीहरुले डेड वर्ष अघि स्थापना गर्नुभएको द नाराणी रिसोर्टको पहिलो भगिनी होटलका रुपमा होटल नारायणी रिसोर्ट आउन लागेको हो । ६ महिना भित्र निर्माण कार्य सम्पन्न गरि आगामी विजया दशमीका दिन देखि होटल सञ्चालनमा ल्याउने गरि निर्माण कार्यलाई तिव्रता दिइएको छ ।
काठमाण्डौ, पोखरा र चितवन हुदै लुम्वीनी सम्म जाने पर्यटकहरुलाइ लक्षित गरि नवलपरासीको गैडाकोटमा नयाँ होटल निर्माण गर्न लागिएको हो ।
“पर्यटन क्षेत्रको विकासले मात्रै देशको आर्थिक विकास गर्न सहयोग गर्छ”, द नारायणी रिसोर्टका प्रवन्ध निर्देशक युवराज घिमिरेले भन्नुभयो,, “सरकार देशलाइ आर्थिक संम्वृद्धि गराउन जुटेका वेला पर्यटन ब्यवसाय मार्फत देशको आर्थिक प्रर्वधनमा टेवा पुर्याउने उदेश्यले होटल स्थापनाको तयारी गरिएको हो ।”
द नारायणी रिसोर्टले गैडाकोट पछि चितवन, पोखरा, काठमाण्डौ, लुम्वीनी लगाएतका क्षेत्रमा समेत आफ्नो चेन होटल वा भगिनी होटल निर्माण गर्ने लक्ष्य लिएको छ ।