सेनाको गाडीलाई ट्रकले ठक्कर दिदाँ ट्रक र मोटरसाइकलमा यसरी आगो लाग्यो (फोटो सहित)

धादिङ,१९ बैशाख । पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका महादेवबेसी–२ मा नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ। मलेखुबाट काठमाडौं आउँदै गरेको ना ६ ख २७८१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई बाटो दिने क्रममा विपरीत दिशाबाट आउँदै गरेको सेनाको बा २ ग २४६३ नम्बरको ट्रकसँग ठक्कर खाएको हो।

ट्रकमा आगलागी भएको धादिङका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। त्यस्तै बा ३६ प ७२३९ को मोटरसाइकलमा पनि आगो लागेको समेत पुरीले बताए। आगो अहिले नियन्त्रणमा आइसकेको छ। ट्रक चालक समान्य घाइते भएकाले उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।