लोकदोहोरी गायक गोविन्दको लगनगाँठो विमोचन (भिडियो)

चितवन, वैशाख १८ । लोकदोहोरी गायक गोविन्द अधिकारीको पन्चेवाजा गीतको एल्वम लगनगाँठो मंगलवार विमोचन गरिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका ९ सिमलटाँडीमा एक कार्यक्रमकाबीच अधिकारीको आठौ एल्वम लगनगाँठोको विमोचन गरिएको हो ।

 

 

 

कार्यक्रमका प्रमुख अतिथी पुन समाज नेपाल चितवनका उपाध्यक्ष दिलवहादुर पुन ,राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठान चितवनका अध्यक्ष टिकाराम लामिछाने र गायक गोविन्द अधिकारीले सयुक्त रुपमा विमोचन गरेका थिए ।

गायक अधिकारीले यसअघि कुरै नगर,नसालु नजर,हाँसो रंग लगायतका लोकदोहोरी एल्वम वजारमा ल्याईसकेका छन् । उनले पन्चेवाजा गीतको एल्वम भने पहिलो पटक वजारमा ल्याएका हुन् । एल्वममा शव्द,लय,संगीत अधिकारीकै रहेको छ भने स्वर स्वयम अधिकारी र जुना डिसीको रहेको छ ।