८३ वर्षीया वृद्धा सामुहिक वलत्कारको सिकार

इलाम,   १८ वैशाख । इलामको रोङ गाउँपालिका – १ निवासी ८३ वर्षीया वृद्धा सामुहिक वलत्कारको सिकार भएकी छिन् । आइतवार राति ११ बजे घरमै आएका नचिनेका मानिसले उनलाई सामुहिक बलत्कार गरेको बताइएको छ ।

उनीहरुले वलत्कारपछि ती वृद्धाको जिब्रो काटिदिएका छन् । बलत्कारपछि जिब्रो समेत काटिदिएपछि ती वृद्धालाई अचेत अवस्थामा उपचारका लागि झापाको बिर्तामोडस्थित एक अस्पतालमा सोमबार ल्याइएको छ ।

आइतवार रातिको घटना भएपनि भौगोलिक विकटताका कारण उनलाई सोमवार मात्रै अस्पताल ल्याइएको थियो । यता वृद्धा सामुहिक बलत्कारको सिकार भएपछि इलामको रोङ गाउँपालिका – १ का अध्यक्ष वुद्धिवहादुर ढकालसहितको प्रहरी अधिकृतको टोली समेत उनको स्वास्थ्य अवस्था वुझ्न अस्पताल आएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टरका अनुसार वृद्धाको होस् आएको छ । उनको सोमवार राति नै जिब्रोको शल्यक्रिया गरिएको छ । आर्थिक अभावका कारण आमाकोे उपचारमा समस्या भएको पीडितकी छोरीले बताएकी छिन्

। यता जिल्ला प्रहरी कार्यालय इलामले घटनमा सम्लग्नको खोजी कार्य तीव्र बनाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक रमेश वस्नेतले प्रहरी निरीक्षकको टोली सोमवार नै घटनस्थल तर्फ गएको जानकारी दिनुभयो ।