पूर्वी र मध्य भागमा बुधबारसम्म पानी पर्ने

 

काठमाडौं बैशाख १७  । देशका पूर्वी र मध्य भागमा बुधबारसम्म पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार लगातार झरी नपरे पनि पूर्वी र मध्य भागमा छिनछिनमा मौसम बदली भइरहने क्रम बुधबारसम्म चल्नेछ।

बुधबारसम्म मौसम बदली भइरहने र पानी पर्ने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।

उनका अनुसार मेचीदेखि महाकालीसम्म बनेको न्यूनचापीय प्रणालीका कारण तराई र पहाडी भेगमा मौसम बदली भइरहेको हो।