एमाले – माओवादीका आन्तरिक काम ठप्प

काठमाडौँ,१७ बैशाख । एमाले माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ठप्पप्रायः भएको छ ।पार्टी सदस्यता नवीकरणबाहेक अन्य सबै आन्तरिक काम दुवै पार्टीले रोकेका छन् ।

पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा आन्तरिक काम प्रभावित भको दुवै पार्टीका नेताले बताएका छन् ।असोज १७ मा चुनावी तालमेल गर्दै चुनावलगत्तै पार्टी एकता गर्ने एमाले माओावदीले घोषणा गरेयता यी दुवै पार्टीको आन्तरिक काम प्रभावित हुन थालेको हो ।

दुवैले अहिले पार्टीका कुनै औपचारिक कार्यक्रम बनाएका छैनन् ।,आजको अन्नपुर्ण पोष्टमा खबर छ ।