शक्ति देखाउन दुई झाँक्री कर्णाली नदीमा हामफालेपछि…

बाजुरा, १ ६ वैशाख । कर्णाली नदीमा डुबेर एक जानको निधन भएको छ भने एक बेपत्ता भएका छन् । शक्ति देखाउने भनेर नदीमा हामफाल्ने क्रममा जगन्नाथ गाँउपालिका–१ का ६१ वर्षीय मान सिंह बिष्टको मृत्यु भएको हो । सोही ठाउँका ५३ वर्षीय जयबहादुर बिष्ट बेपत्ता भएका छन् ।

स्थानीयले बताए अनुसार उनीहरु झाक्री रहेको र स्थानीयलाई शक्ति देखाउन भनी आइतबार बिहान नदीमा हामफालेका थिए ।

नदीमा हाम फालेका मध्ये मान सिंह बिष्टको शव फेला परेको र जयबहादुर हराइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।