बछौलीको स्वास्थ्य शिविरमा एक हजार ५ सय बढी स्थानियहरु लाभान्वित

चितवन, १६ बैशाख । पर्यटकीय नगरी सौराहा नजिक बछौलीमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट एक हजार ५ सय बढी स्थानियहरु लाभान्वित भएका छन् ।


नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखा र नेपाल औषधी व्यवसायसंघको संयुक्त आयोजनामा सम्पन्न निशुल्क स्वस्थ्य शिविर एक हजार ५ सय बढी स्थानियहरु लाभान्वित भएका हुन् ।
सो अवसरमा बरिष्ठ हार्ड्जोर्नी, नशा तथा मेरुदण्ड रोग विशेषज्ञ डा. कृष्ण पौडेल, स्त्री रोग विशेषज्ञ डा. सुनिलमणि पोख्रेरल, पेट, छाती, मुटु तथा थाईराड रोग विशेषज्ञ डा. विजय श्रेष्ठ र बाल रोग विशेषज्ञ डा. पुरस्कृत खनालले विरामीहरुको चेकजाचँ गरेको रेडक्रस सौराहाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।


शाखा सभापति सुवास बिडारीको अध्यक्षतामा सम्पन्न शिवरिमा निवर्तमान सभापति राममणि खनाल, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ, औषधी संघका अध्यक्ष बद्रीप्रसाद खनाल लगायतले बालेका थिए ।
सोही अवसरमा नेपाल औषधी व्यवसाय संघले ६ लाख बराबरको निशुल्क औषधी वितरण गरेको थियो ।