संघीय संसदको अधिवेशन वैशाख २३ गते

काठमाडौं, १४ बैशाख । संंघीय संसदको अधिवेशन बैशाख २३ गते हुने भएको छ ।मन्त्रिपरिषद्को आज बसेको बैठकले वैशाख २३ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन शुरु हुनेछ ।बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ ।

यस्तै वीरगन्जको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने र आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।