गुराँस टिप्नेलाई ‘जंगलमै कारबाही’

तेह्रथुम,१४ बैशाख । तेह्रथुम घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि ुगुराँसको राजधानीु तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ ।

यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुलिरहेका छन् ।मेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सूचना नै प्रकाशित गरी प्रतिवन्ध लगाएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सूचनालाई बेवास्ता गरी कसैले गुराँस टिप्ने र हाँगा भाँच्ने काम गरे जंगलमै कारबाही गरिने वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।

गुराँसको सौन्दर्यमा रमाउन र घना गुराँसे जंगलमा घुम्न आउने पर्यटकले फूल टिपेर लैजाने गरेका छन् ।

गुराँस टिपेको र हाँगा भाँचेको भेटिएमा उनीहरुलाई वन ऐन तथा नियमावलीअनुसार कारबाही गरिने वन कार्यालयले जनाएको छ ।