अवैध रुपमा कर छल्दै पूर्वी चितवनमा मौलाए शैक्षिक संस्था, कसले गर्ला अनुगमन ?

चितवन, १२ बैशाख । पूर्वी चितवनको रत्नगर, खैरहनी, कालिका र राप्ती नगरमा स्वकृती विनानै अवैध रुपमा शैक्षिक परामर्श दिने, विर्ज कोर्ष र टियुुसन कक्षा सञ्चालन भईरहेको छ ।
चितवनमा यतिवेला एसईई दिएर बसेका विद्यार्थीहरुलाई बिर्ज कोषको नाममा र अवैध शैक्षिक संस्था खुले आम चलाई रहेका हुन्् ।
भने यस्ता कल्सटेन्सी मन परि शुल्क लिने देखि तोकिएको मापदण्ड नै पुरा नगरी कक्षा लिईरहेका छन् ।
शिक्षा मन्त्रालय र स्थानिय निकायमा समेत दर्ता नभई सञ्चालन भएका कन्सल्टेन्सीलाई अनुसन्धान गरी कारवाही गर्ने भने पनि यहाँ भन अनुगम प्रभावकारी नहुदाँ अवैध शैक्षिक मौलाएको स्थानिय एक विद्यार्थी गोविन्द चालिसेले बताए ।
अझ जिल्लाको एक ठाउँमा अनुमति लिए पनि ठाउँ ठाउँमा शाखा खोल्ने गरेको समेत भेटिएको छ ।
ईटिआई भरतपुरको नाममा दर्ता भएको संस्थाले रत्ननगरमा रवि एकेडेमी भनि विर्ज कोर्ष र प्राविधिक कक्षाहरु चलाएको छ । जसको धेरै विद्यार्थीहरु ठगिएको गुनासो समेत गरेका छन् ।
यस्तै टच स्काई नामको कन्सल्टेन्सीले पनि अनुुमति विना नै विभिन्न तयारी कक्षा सञ्चालन गरिएको छ । भने सनलाईट नाक अर्को संस्थाले पनि उसकै सिको गरेको छ ।
खैरहनीमा रहेको सुनगाभा कलेजले पनि विना अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्नुपर्ने राज्यको नियमनकारी निकायलाई खिल्ली उडाएको छ ।
राज्यले पाउन कर समेत गुमेको शिक्षाविद्हरु बताउछन् ।
साथै प्राविधिक तथा व्यावसायिक तालिम परिषद्को अनुमतिबिना नै अवैध शिक्षालय चलाएको स्थानीयले बताए ।
अवैध शिक्षालय सञ्चालन हुँदै आए पनि सम्बन्धित निकाय भने बेखबर छ ।
राज्यले शिक्षालाई व्यवस्थापन गर्ने सम्वन्धि ऐन नियम बनाए पनि त्यसको कार्यान्वयन गर्ने तर्फ सकृय उपस्थिति नदेखाउँदा अराजकताले मलजल पाइरहेको छ ।
पछिल्ला वर्षहरुमा निजी क्षेत्रवाट खुलेका शैक्षिक प्रतिष्ठानहरु ठगहरुका लागि स्वर्ग बन्न थालेका छन् । जनताको लगानी मात्र हैन भविष्य माथि नै खेलवाड गर्ने यस्ता कुतत्वहरुलाई राज्यकै जिम्मेबार अधिकारीहरुवाट संरक्षण हुने गरेको छ ।
जिल्ला शिक्षा कार्यालय चितवनले अवैधानिक तवरबाट एसईई दिएपछिको विर्ज कोर्ष कक्षा सञ्चालन गरेका सञ्चालकलाई वैधानिकता नलिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
शिक्षा नियमावली अनुसार कोचिङ कक्षा सञ्चालन गर्न जिल्ला शिक्षा अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने प्रावधान भएपनि चितवनमा त्यसको बेवास्ता गरी मनपरी ढङ्गबाट विभिन्न कक्षा सञ्चालन गरिएको छ ।
सरकारी अनुमति नलिइ अवैधरुपमा पढाउँदै आएका यस्ता नीजि ट्युसन र विर्ज कोर्ष सेन्टरले कर छल्दै आएका छन् ।
नियमनकारी निकाय स्थानियले अवैध ट्युसन कक्षा सञ्चालन गर्नेलाई करको दायरमा ल्याउने र कारबाही गर्ने जिम्मेवारी पुरा नगर्दा शिक्षावापतको उठ्ने राजश्व चुहावट भएको छ ।
यस्ता सेन्टरले वार्षिक रुपमा १३ प्रतिशत रकम करवापत राज्यलाई तिर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर विद्यार्थीलाई पढाए कसले कति आम्दानी गर्छन् ? त्यसको समेत लेखाजोखा छैन ।
शिक्षा कार्यालयका कर्मचारीको मिलेमतोमा अवैधरुपमा सञ्चालनमा छन् । दर्ता भएका र नभएका ट्युसन सेन्टरको पहिचान गर्न नसक्दा विद्यार्थी पनि नहुँदा अन्योलमा छन् ।