विदेश घुम्ने नेपाली बढे

काठमाडौं,१२ बैशाख । पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मान्दै बर्सेनि लाखौं पर्यटक भित्र्याउँदै आएको नेपालबाट घुम्न बाहिरिनेको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ ।

बाहिर जाने आउट वाउन्ड पर्यटक पनि बर्सेनि बढ्दै गएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदी बताउँछन् ।

उनका अनुसार ५ बर्ष यता नेपालीहरु घुम्नकै लागि विदेश जान थालेका छन् ।

सुवेदीले भने,

(टुरिस्ट भिसा लिएर घुम्न जाने कल्चर ५ बर्षयता बढेको देखिन्छ ।

(नेपालीहरु कुन कुन मुलुक घुम्न निस्कन्छन् रु कति खर्च गर्छन् रु कस्ता खाले पर्यटक भई निस्किरहेका छन् रु भन्ने तथ्यांक भने राखिने गरेको छैन ।

(बार्षिक ७ लाख नेपालीहरु पर्यटक भिसामा घुम्न निस्किने गरेको अनुमान छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।