भरतपुर क्यान्सर अस्पतालमा कर्मचारीको दादागिरी , बिरामीका आफन्त आन्दोलनको तयारीमा

प्रकाश सिग्देल

चितवन, ११ बैशाख । भरतपुर क्यान्सर अस्पताल रेडियोलोजिका केही कर्मचारीहरुको कारण त्यहा सेवा लिन आउने बिरामीहरुले निकै दुख पाउने गरेका छन् । एक्सरे टेक्निसियन असोक कुमार झा र अनिल पण्डितले सेवा लिन जाने बिरामीहरुमाथी दुरब्यवहार गर्ने अपशब्द प्रयोग गर्ने ,गालि गलौज गर्ने लगायतका कामहरु गर्ने गरेको सेवाग्राहीहरुले दुखेसो गरेका छन् ।

बिल काटेर एक्सरे गर्न जाँदा पनि फिरीमा काम गर्न लगाएजस्तो गर्ने, खालि हुदाँ पनि बेलामा काम नगर्ने कुराएर राखिदिने कहिले फुर्सद छैन भन्ने कहिले के बिग्रियो एक छिन काम हुदैन चुपलाएर बस्नुस भन्ने , बढि बोले काम हुदैन भन्दै धम्काउने गरेको पश्चिमबाट बिरामी लिएर सेवा लिन अस्पतालमा आएका अमृत डुम्रेले बताए।

कुन बिरामीको अवस्था कति जटिल भन्ने पनि कुनै ख्यालै नगरी त्यहा रहेका टेक्निसियनले मनलाग्दी स्वस्थ मानिसले रमाईलोका लागि एक्सरे गर्न लगाए जस्तो गरेर एक्सरे गर्ने गरेको अर्का सेवाग्राहीले दुखेसो गरेका छन् । आफ्नो बिरामी सिरियस छ चाँडो गरिदिनुस् न भन्दा सिरियस भए अन्यत्रै लगेर गर्ने मलाई फुर्सद छैन भन्दै असोक कुमार झाले आफुलाई झपारेको भरतपुर देखि बिरामी लिएर अस्पताल आएका भरतपुरका स्याम श्रेष्ठले बताए । उसको बोल्ने कुनै तरिका पनि नभएको र मान्छे पनि डरलाग्दो खालको भएको भन्दै उनले यस्ता कर्मचारीका कारण क्यान्सर अस्पतालको बदनाम हुने बताए ।

आफुलाई अस्पतालको निर्देशक भन्दा पनि ठुलो सम्झने रेडियोलोजिका कर्मचारीको ब्यवहार सम्झदा अहिले पनि रिसले दिमाख तात्ने गरेको गोरखाका रमित परियारले बताए । टेक्निसियन पिडित अस्पतालमा निकै भएको र आफुहरुले आन्दोलननै गर्ने तयारी समेत गरेकोे उनले बताए । अस्पताल प्रशासनले ति टेक्निसियनलाई त्यहाबाट हटाएर कारबार्ही गर्नु पर्ने उनको भनाई छ । उनिहरुको ब्यवहारका कारण बिरामी र तिनका आफन्तहरु निकै आक्रोशित भएका छन् ।