गायक जोन लामाको “भण्डारा बजारमा” दोहोरी गित विमोचन (भिडियो)

सुजिता हमाल
चितवन, ११ बैशाख । “ भण्डारा बजारमा ” लोक दोहोरी गितको आज रत्ननगरमा विमोचन गरिएको छ । भण्डाराका स्थायी बासीन्दा जोन लामाको भण्डारा बजारमा बोलको लोक दोहोरी गीत एक कार्यक्रमका बीच विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी राप्ती नगरपालिका वडा नं ८ का अध्यक्ष बुद्धिराज थपलियाले विमोचन गर्नुभयो ।


संचारकर्मी समेत रहेका गायक जोन लामा र गायिक सरिता शरगमको स्वर रहेको छ भने लय शब्द रचना लामाले नै गरेका छन् ।
विमोचन कार्यक्रममा बोल्दै गायक लामाले पछिल्लो समयमा मौलिक गीत संगितको अभाव भैरहेको अवस्थामा आफ्नो गितले मौलिक तथा स्थानिय स्तरको गितीभाव समेट्न सकेको बताए । यसअघि पनि लामाले “मायाको गुणै भूल्दिन” गित निकालेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान पूर्वि चितवन ईकाइ अध्यक्ष दुर्गा बजगाई,पूर्वि चितवन साहित्य समाजका अध्यक्ष लीला दाहाल,स्थानिय गायिका बालिका तामाङ र अनिता वलि लगायतले विभिन्न गित तथा रचना प्रस्तुत गरेका थिए ।
पत्रकार ज्ञानेन्द्र तामाङले सन्चालन गर्नुभएको सो विमोचन कार्यक्र गायक तथा सर्जक जोन लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।