आज वैशाख १० गते सोमबारको राशिफल, यस्तो छ तपाईको भाग्य ?

यस्तो छ आजको राशि– वृष र कर्क अनुकूल

मेषः दिन त्यति भरपर्दो छैन । कामप्रति सचेत रहनु बेस हुनेछ । मन डराउन सक्नेछ । मुख्य काममा अलमल हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु नै उपयुक्त हुनेछ ।

वृषः दिन ठिक छ । व्यक्तित्व विकास हुनेछ । आत्मबल वढ्नेछ । चिन्तनप्रधान काम बन्नेछ । यश, कीर्ति फैलिनेछ । सामाजिक दायित्व थपिनेछ ।

मिथुनः दिन उत्तम खालको छ । बोलीवचनमा प्रभाव बढ्नेछ । अर्थपूर्ण काम गरिनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । शरीर पनि तन्दुरुस्त रहनेछ ।

कर्कटः दिन भाग्योदयकारक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफ्नो उत्कृष्ट मूल्याङ्गन हुनेछ । अत्यन्त उत्साहित भइनेछ । ठूलाबडा व्यक्तिहरुसँग भेटघाट हुनेछ ।

सिंहः दिन प्रतिकूल छ । आँटे ताकेको काममा व्यवधान आउनसक्छ । उच्च खर्च र बड्प्पनले प्रभावित पार्नसक्छ । महत्वपूर्ण काममा हात नहाल्नु बेस हुनेछ ।

कन्याः दिन लाभदायक छ । महिला पक्षबाट लाभ मिल्नेछ । स्पष्ट अभिव्यक्तिले व्यक्तित्व प्रकाशित पार्नेछ । मनोरञ्जन गरिनेछ । मन प्रसन्न हुनेछ ।

तुलाः दिन अत्यन्त उत्तम छ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक कामबाट प्रशंसित भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

वृश्चिकः दिन सार्थक छ । आध्यात्मिक कार्यमा गति बढ्नेछ । दानपुण्य गरिनेछ । मन प्रसन्न हुनेछ । शरीर स्वस्थ रहनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

धनुः दिन सावधानयोग्य छ । मन विथोलिन सक्नेछ । कामप्रति रूचि घट्नेछ । ठूलो लगानीको काममा हात नराख्नु बेस हुनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ ।

मकरः दिन अत्युत्तम छ । यात्राको योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । रमाइलो गरिनेछ ।

कुम्भः दिन उचित खालको छ । शत्रु परास्त हुनेछन् । कार्य सम्पादनमा गति थपिनेछ । सहकार्यमा लाभ मिल्नेछ । महत्वपूर्ण काम बन्नेछ ।

मीनः दिन दिन अनुकूल खालको छ । मनमा चिन्ता हट्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । बुद्धिवर्धक काम गरिनेछ । उपयुक्त अवसर मिल्नेछ ।