चितवनमा ट्राफिक प्रहरी खनियाले सेनाकी श्रीमतीलाई एसिड प्रहार

राजेन्द्र आचार्य
चितवन, ९ बैशाख । चितवनमा नागरिक सुरक्षमा खटिएका एक प्रहरीले नै महिलालाई एसिड प्रहार गरेर गम्भीर घाईते बनाएका छन् ।
चितवनका ट्राफिक प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाले भरतपुरको त्रिचोकमा आज दिउँसो २ बजेको समयमा एसिड प्रहार गरेर गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक दिपक थापाले सौराहा अनलाईनलाई जानकारी दिए ।
खनिया पुर्वी चितवनको ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको ट्रफिक शाखामा कार्यरत हुन् ।
५२ बर्षिया खनियाँ लामो समयदेखि एकतर्फी प्रेम गर्दा आफ्नो कुरा स्वीकार नगरेपछि योजना बद्ध रुपमा एक महिलालाई एसिड प्रहार गरेर घाईते बनाएको प्रहरी उपरिक्षक दिपक थापाले बताए ।
नेपाली सेनाको सिपाही पदमा कार्यरत एक सेनाको २८ बर्षिय श्रीमती कल्पना श्रेष्ठ नाम परिर्वतनलाई लामो समयदेखि मनपराउदै आएको स्वीकार समेत खनियाले गरेको थापाले बताए ।
“निकै लामो समयदेखि प्रयास असफल भएपछि योजनावद्ध रुपमा घटना घटाएको देखिन्छ उनले भने । के गर्ने रक्षक नै भक्षक भए । अब राष्ट्र सेवक भएकोले थप कडा सजायका लागि सिफारिस गरेका छौँ ।”
डेरा गरि बस्ने श्रेष्ठ खनियाको घर नजिक डेरी गरि बस्थीन् । खनियाको श्रीमती छोरा, छोरी रहेका छन् । सामान्य चिनजानको क्रममा खनिया श्रेष्ठसगँ नजिक भएका थिए । त्यस पश्चात उनले पटक–पटक फोन मार्फत पिडित श्रष्ठेलाई धम्काउर्द आएको चितवन प्रहरीले जनाएको छ ।
घटना घटे लगत्तै खनियालाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भईरहेको थापाले बताए । रिट पुर्वक जाहेरी आएकोले भोली खनियालाई निलम्बन गरेर मुद्दा दायर गरिने थापाले जानकारी गराए । महिलाको टाउकोबाट एसिड खनाएको हुदाँ महिलाको घाटी, गर्दन, गालामा जलेको छ । भने उनको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भने स्थििति सुधार उन्मुख रहेको समेत चितवन प्रहरीले जनाएको छ ।