सौराहाको राप्ती तिरमा फेरी मर्यो दुर्लभ पाटे बाघ, पछिल्लो २ महिनामा ४ बाघ मरे

चितवन,९ बैशाख । सौराहानजिकै राप्ती किनारमा आइतबार विहान एउटा दुर्लभ पाटेबाघ मरेको छ। चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

जुधेर नै बाघ मरेको अनुमान गरिएको छ। यो सँगै पछिल्लो २ महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ। अहिले चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकसहित पशु चिकित्सकको टोली बाघको मुचुल्का र पोष्टमार्टमका लागि घटनास्थल पुगेको छ।