सवारी दुर्घटनामा दुईको मृत्यु,५ गम्भीर घाईते

दाङ,८ बैशाख ।पुर्व पश्च्चिम राजमार्ग अन्तरगत दाङको रिहारमा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । ५ जना गम्भीर घाइते भएका छन । पुर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका ९ रिहारमा ट्रक र विङगर हाइस गाडी एक आपसमा ठोकिदा २ जनाको ज्यान गएको प्रहरीले बताएको छ ।
घोराहीबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १ ज ६१४ नम्वर विङगर र विपरित दिशावाट आइरहेको ना ६ ख ६६४८ नम्वरको ट्रक एक आपसमा ठोकिदा लमही ९ च्याउखोलाका २८ वर्षिय खडग बहादुर बुढा र बर्दिया ठाकुरबाबा नगरपालिका १ का २० वर्षिया विबेक थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ४ जना गम्भीर घाइते भएका छन भने एक जना सामान्य घाईते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर घाइते प्युठानका वर्ष २२ का सुस्मा केसी, लमही नगरपालिका ९ अमिलिया वस्ने वर्ष ३६ कि कमला विक, रोल्पा वस्ने वर्ष ३५कि दिल कुमारी थापा, रोल्पा घर भएकी वर्ष ७४ की सरी पुन लमही अस्पतालमा सामन्य उपचार पछि थप उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।