पेस्तोल र गोलीसहित एक पक्राउ

काठमाडौँ, ८ वैशाख ।महानगरीय प्रहरी वृत्त दरबारमार्गले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले ठमेल ज्याठाबाट ७।९९ एमएम लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई आज दिउँसो पक्राउ गरिएको वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । रासस