चितवन प्रहरीद्धारा सरकारी छाप दस्तखत कीर्ते गर्ने पक्राउ

चितवन,८ बैशाख । सरकारी छाप दस्तखत कीर्ते गर्ने एक यूवक पकाउ परेका छन् ।यातायात व्यावस्था सेवा कार्यालय भरतपुर चितवनका प्रमुखको दस्तखत कीर्ते गर्ने खैरहनी नगरपालिका ११ कठारमा २२ बर्षिय राम कुमार गुरुङलाई पक्राउ गरिएको हो ।
गुरुङले बैशाख २ गते यातायात व्यावस्था कार्याल चितवनमा ३४ प ५५६१ नम्बरको मोटरसाईकलको आथिर्क बर्ष ७३÷७४ को कर तिर्ने बेलामा कार्यालय प्रमुखको सहि किर्ते गरि नक्कली छाप बनाई छाप लगाई कर छलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अभियुक्त गुरुङलाई सरकारी छाप दस्तखत कीर्ते मुद्धामा अनुसन्धान गरिरहेको छ ।