ओली र प्रचण्डबीच आज पनि एकताका विषयमा छलफल हुँदै

काठमाडौं, ८  बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि पार्टी एकताको विषयमा छलफल हुने भएको छ ।

पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पु¥याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको छ ।

यस विषयमा दुई अध्यक्षबीच हिजो पनि छलफल भएको थियो । छलफल सकारात्मक भएको दाबी गरिए पनि ठोस सहमति भने भइसकेको छैन ।

एकीकृत पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीको बराबरी हैसियत हुनुपर्ने अडान प्रचण्डले राख्दै आएका छन् ।
तर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली भने माओवादीलाई केन्द्रीय समितिमा समान हैसियत दिने पक्षमा देखिएका छैनन ।

मुख्यतया यही विषयमा दुई दलका अध्यक्षबीच आज कुरा हुने बताइएको छ ।दिउँसो छलफल हुने बताइए पनि समय स्थान भने तय हुन बाँकी रहेको छ ।