संरक्षणकर्मीलाई सम्मान र वन्यजन्तुबाट पिडितलाई राहत दिदै सकियो वन्यजन्तु सप्ताह (भिडियो)

राजेन्द्र आचार्य
चितवन, ७ बैशाख । ‘ समृद्धिका लागि : वन्यजन्तु संरक्षण’ भन्ने मुल नारा सहित साताव्यापी कार्यक्रम गर्दै चितवनसहित देशैभरका निकुञ्ज तथा आरक्षहरुमा वन्यजन्तु सप्ताह सकिएको छ ।

 

 

 

 


एक साता अघिदेखि २३ औ वन्यजन्तु सप्ताह चितवनसहित देशैभरका निकुञ्ज तथा आरक्षहरुमा विविध कार्यक्रमहरु गरि सम्पन्न गरिएको हो ।
सोही अवसरमा चितवनमा पनि आजदेखि २३औं वन्यजन्तु सप्ताह निकुञ्जको पूर्वी सेक्टर सौराहामा संरक्षणमा योगदान दिने र वन्यजन्तुबाट पिडितलाई राहत वितरण गर्दै सकियो छ ।
भने आज नै स्थानिय जनप्रतिनिधिहरुलाई संरक्षणमा अग्रसरमा गराउन जीप सफारी मार्फत निकुञ्ज अवलोकन गराईएको थियो ।


सो अवसरमा संरक्षणमा योगदान दिन ९ जनालाई कदरपत्र सहित सम्मान र वन्यजन्तुबाट पिडित भएका ६ जना परिवारलाई समेत राहत वितरण भएको वन्यजन्तु सप्ताह आयोजक समितिका सदस्य जीतु तामाङले जानकारी दिए ।
त्ननगर नगरपालिका मेयर नारायण वनले सो अवसरमा धनलाल तामाङ, भगवान थापा, माहिला घले, दिपास महत्तो, शिवुप्रसाद रिमाल, विष्णुप्रसाद रिमाल, दिलबहादुर राई, कालुमान तामाङ र एनिमल राईट्ट क्लबका सुराजन श्रेष्ठलाई कदरपत्रले सम्मान गरेका थिए ।
सो क्रममा प्रकृति संरक्षणमा योगदान दिएका नेचर गाईड नारायण रिजाल, युवनारायण पौडेल र रामकृष्ण महत्तोलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
यस्तै वन्यजन्तुको आक्रमणबाट पिडित आशिका लोप्चन, जोगिन्द्र मुखिया, सक्षम महत्तो, आमोज महत्तो, हेमन्त तामाङ, र सन्तोषी तामाङलाई राहत सहयोग गरिएको थियो ।
भने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिका मेयर नारायण वनले संरक्षणलाई दिगो बनाउन कुनै वन्यजन्तु विविध कारणले ज्यान नगुमाउन र मानव र वन्यन्तु विचको द्धन्द्ध निरुसाहित गर्न लाग्नु पर्ने बताए ।


यसअघि निकुञ्जमा आयोजित अन्र्तक्रिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले संरक्षणमा द्धन्द्ध र विभिन्न कारणले वन्यजन्तु मर्नु प्रमुख चुनौती थपिएको बताए ।
वन्यजन्तु पिडित कोषबाट घाईते मुखियाको उपचारका लागि रु ५ हजार ५० नगद सहयोग गरिएको थियो भने अन्य बालबालिकाहरुलाई स्कुल झोला, पोषाक र कापि कलम वितरण गरिएको संरक्षणकर्मी डोमा पौडेलले जानकारी दिए ।


समापनका क्रममा बोल्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त प्रमुख रामकुमार अर्यालले निकुञ्जको आसपास क्षेत्रको संरक्षणमा समेत लाग्न सबैमा अनुरोध गरे ।
सप्ताहभरी गरिएका गतिविधिबारे चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी गराएका थिए । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सप्ताहमा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघ संरक्षण उपसमिति, वडा कार्यालय, जिप सफारी समिति, मृगकुञ्ज उपभोक्ता समिति, झुवानी सामुदायिक पुस्तकालय, पर्यावरणिय कृषक मञ्च, विभिन्न सामुदायिक वन, नेचर गाईड एसोसिएसन तथा वर्ड एजुकेसन सोसाईटी लगायत सौराहाका विभिन्न संघसंस्थाको सहकार्यमा वन्यजन्तु सप्ताह सुरु भएको थियो ।
बैशाख १ गते झण्डातोलन गर्दै बैशाख २ गते निकुञ्ज आसपासको खोला सरसफाई, वैशाख ३ गते संरक्षण अन्तरक्रिया, बैशाख ४ गते वन्यजन्तुको आनीबानी र बच्ने उपाएकाबारेमा जानकारी तथा वन डढेलो नियन्त्रणबारे छलफल कार्यक्रम , वैशाख ५ गते बाघका संरक्षण लागि बाघ दौड कार्यक्रम र संरक्षणका लागि प्रांगारिक खेती सम्बन्धी कार्यक्रम, वैशाख ६ गते चितवन निकुञ्जको कार्यलयमा संरक्षण सम्बन्धी जानकारी मुलक प्रस्तुति, अन्तरक्रिया तथा जीप सफारीको कार्यक्रमहरु गरिएका थिए ।