च्याम्प चितवन २०७५ मा ट्यालेन्ट शो देखाउदै प्रतिभा (फोटोफिचर)

 

चितवन, ६ बैशाख । च्याम्प चितवन र मिस्टर एण्ड मिस टिन चितवन २०७५ का प्रतिष्पर्धीहरुले आज आफ्नो प्रतिभा देखाएका छन् ।
प्रतियोगिता अन्र्तगत आज भएको ट्यालेन्ट शो राउण्ड मा दुवै तर्फका प्रतिष्पर्धीले आफुलाई अब्बल सावित गर्न सक्दो प्रयास गरे ।


नृत्य, गायन, अभिनय, वैज्ञानिक आविष्कार जस्ता प्रतिभा देखाएका बालबालिकालाई निर्णयक मण्डल संगै अभिभावकले समेत मुल्यांकन गरेका छन् ।


अभिभावकले आफ्ना सन्तान बाहेकका प्रतियोगिको प्रतिभा मुल्यांकन गरी अंक दिनुपर्ने नियम बनाइएको होलिडेज क्रियशन होम नारायणगढका प्रबन्धक लक्ष्मी पन्तले बताइन् ।
यसले निर्णयकको निस्पक्षताप्रति अभिभावकको विश्वास बढाउनेमा ढुक्क रहेको उनको भनाई छ ।
निर्णयक मण्डलमा रहेका इभेन्ट प्रशिक्षक अनिला श्रेष्ठ,नृत्य प्रपिशक्षक रेणु तामांग, व्यवसायी रुबिन रामुदामु र होलिडेज क्रियशन होम नारायणगढका प्रबन्धक लक्ष्मी पन्तले प्रतिष्पर्धीको आत्मविश्वास, प्रस्तुतीकरण र शैलीलाई मुल्यांकनको आधार बनाइएको जानकारी दिएकाछन् ।

आजै अन्र्तदृष्टि नेपाल संस्थासंगको सहकार्यमा बालबालिकालाई र्दुवयवहार र यसको प्रतिकारबारे जानकारी गराइएको छ ।
संस्थाकी निर्देशक कल्पना शर्माले यौन दुव्र्यवहार, बाल अधिकार अनन् लगायतका विषयमा अभिमुखिकरण गरेकीहुन् ।


२५ गतेबाट सुरु भएको ग्रुमिंग सेसन अन्र्तगत बालबालिकालाई व्यक्तित्व विकास, प्रस्तुतीशैली, आत्मविश्वासका क्लास मा सहभागि गराइएको प्रशिक्षक एलिना श्रेष्ठले बताइन् ।
यस बीच प्रतियोगिहरुको फोटो सुट गरीएको छ भने चितवन पार्क रिसोंट सौराहको सहकार्यमा नाइट क्याम्प लगिएको छ ।
बालबालिकालाई शैक्षिक सत्रको अन्त्यमा हुने विदामा मनोरञ्जनका गतिविधिमा बढी चाख हुने भएकाले नाइट क्याम्प बढी मन पराएको सञ्चालक नारायण ढकालले बताए ।
यस्तै हंश मनोरञ्जन केन्द्रमा गराइएको स्विमिंग र एक्वा जुम्बा सेसन निकै रोमाञ्चक भएको सहभागि अभियान पौडेलले बताए । प्रतियोगितामा सहभागि भएपछि आफ्नो सन्तानमा दैनिक व्यवहार र अनुशासनमा सकारात्मक परिवर्तन आएको अभिभावकहरुको भनाईछ ।
चितवनका २२ विद्यालयका बालबालिका तथा किशोर किशोरीले सहभागिता जनाएको प्रतियोगितामा ७ देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरेर च्याम्प चितवन र १३ देखि १६ वर्ष उमेर लक्षित गरेर मिस्टर एण्ड मिस टिन चितवनको अन्तिम प्रतिष्पर्धा बैशाख १० गते एकैसाथ हुंदै छ ।
ई प्लानेट इन्टरनेशनल इभेन्ट अर्गनाइजरको सहकार्यमा आयोजना गर्न लागिएको दुबै इभेन्टलाई सर्च एजुकेशनले मुख्य प्रायोजन गरेको छ ।