बाइपास रोड विस्तारको म्याद थप गरिंदै/डेढ बर्षमा ३० प्रतिशत मात्रै काम सम्पन्न

 

कुल काफ्ले

चितवन, ६ चैत । बाइपास सडकमा परेका विद्युत पोल र रुखहरु समयमा हटाउन नसक्दा सडक विस्तारको म्याद थप गरिंदै । डिभिजन सडक कार्यालय भरतपुरको आफ्नै कारणले गर्दा सडक विस्तारको म्याद थप गर्नुपर्ने भएको हो ।
०७४ चैत मसान्तमा म्याद सकिंदा सम्म पनि सडक डिभिजनले सडक अन्तर्गत पर्ने रुख, विद्युतका पोल र खानेपानि पाइप हटाउन नसक्दा म्याद थप गर्नुपर्ने भएको हो ।
सडक विस्तारको हालसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बाइपास रोड अन्तर्गत परेका ७० ओटा रुखहरु काट्न जिल्ला वन कार्यालय चितवलने बन विभागलाइ सिफारिस पठाएको छ ।
विभागको स्विकृति पछि मात्रै रुख काट्नुपर्ने भएको रुख काट्न ढिला भएको हो । ४ दशमलव ४ किलोमिटर लामो र १२ करोड ८२ लाख रुपैंया लागतको सो सडक विस्तारको जिम्मा गौरी पार्वती निमार्ण सेवा भरतपुरले पाएको डिभिजन सडक कार्यालय भरतपुकार सुचना अधिकारी इन्जिनियर कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।
विजुलीको पोल हटाउन पनि ठुलो बजेट लाग्ने भएपछि सडक डिभिजनले सडक विभागसंग थप बजेट माग गरेको आचार्यले वताए । बाइपास रोड अन्तर्गतका विद्युत पोल हटाउन २ करोड २० लाख रुपैंया लाग्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
खानेपानी पाइप हटाउन भरतपुर खानेपानि व्यवस्थापन बोर्ड संग बजेट नरहेको जनाएको छ । पाइप हटाउन बजेट नभएको प्रतिक्रिया पाएपछि सडक डिभिजनले सडकको विच भागमा रहेको पाइपलाइ यथास्थितीमा राखेर सडक विस्तार गर्दै छ । खानेपानि पाइपमा कुनै समस्या आएको अवस्थामा सडक भत्काएर मर्मत गर्नुपर्ने भएको डिभिजन सडकले वताएको छ ।