आन्दोलन घोषणा गरेकै दिन यातायात व्यावसायीलाई लाग्यो झड्का,यातयात मजदुर लेसाथ नदिने

काठमाडौं, ५ बैशाख । यातायात व्यावसायी संगठनको आन्दोलनमा माओवादी निकट मजदुर संगठनले साथ नदिने भएको छ ।अखिल नेपाल यातयात मजदुर संघका अध्यक्ष सोम तामाङले यातयात व्यावसायी संघको आन्दोलनमा आफ्नो संगठनको कुनै समलग्नता नहुने बताए ।
सरकारले संस्था दर्ता ऐन ३०३४ बमोजिम यातायात सँग सम्बन्धित कुनै पनि संघ संस्था दर्ता तथा नविकरण नगेर्ने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० लाई संसोधन गरी मन्त्रीपरिषदबाट यही वैशाख ४ गते पास गरेको थियो । यता यातयान व्यावसायीले भने आन्दोलनको घोषणा गरिसकेको छ । संघले यातयात ठप्प पार्ने सम्मको योजना सार्वजनिक गरेको छ ।

“यातायात व्यवसायीले गर्न खोजेको आन्दोलनमा अखिल नेपाल यातायात मजदुर संघको समर्थन रहँदैन”, उनले भने,‘सरकारले सवारी ऐनमा ल्याएको परिवर्तनले आम यातायात मजदुरहरुले “नियुक्ति पत्र पाउने, उनीहरुको न्यूनत्तम वेतनको ग्यारेण्टि हुने र यातायात मजदुरहरुको पञ्जिकरण भई सामाजिक सुरक्षा कोष कार्यान्वयनको समेत ग्यारेण्टि हुने हुँदा सरकारको योजना निकै राम्रो छ ।”

अध्यक्ष तामाङ्गले सरकारले सरोकारवालासँग कुनै किसिमको छलफलल नगरी एकलौटी ढंगले कार्यविधि ल्याउँदा समस्या सृजना भएको बताउँदै उनले सम्बन्धित सरोकारवालाहरु सँग छलफल गरेर मात्र यस्ता निर्णयहरु गर्न सरकारलाई सुझाव दिए ।

उनले लामो समय देखि संचालनमा रहेका यातायात सम्बन्धी संघसंस्थालाई कम्पनि ऐन अनुसार संचालन गर्दा कतिपय साना यातायात व्यवसायीहरु जससँग ५ वटा सवारी साधन हुँदैन उनीहरुको संचालन विधिलाई समेत सहजीकरण गर्नुपर्ने बताए ।

उहाँले यातायात व्यवस्थापनलाई व्यवस्थित रुपमा संचालन गर्नको लागि सवै सरोकारवाला सम्मिलित अधिकार सम्पन्न उच्चस्तरीय यातायात व्यवस्था वोर्ड तत्काल गठन गरी समस्याको समाधान गर्न सरकारलाई सुझाव दिए ।