मोहनामा भर्ना अभियान सुरु, मेयर वनले गरे उद्घाटन

विकाश पौडेल
रत्ननगर, ५ वैशाख । सरकारले वैशाख २ गतेदेखी भर्ना अभियान सुरु गरेसंगै सामुदायिक विद्यालयहरुमा अहिले बालबालिकाहरुको भर्ना कार्य धमाधम भईरहेका छन् । राजनैतिक दलका नेता ,मन्त्रीदेखी प्रधानमन्त्रीसम्म यस अभियानलाई साथ दिईरहेका छन् ।

आज रत्ननगर नगरपालिका वडा नं.९ मा मोहनामा रहेको मोहना मा वि मोहनाले सरकारले सुुरु गरेको विद्यार्थी भर्ना अभियान अन्तर्गत विद्यालयले विद्यार्थी संख्या बढाउन घर घरमा पुगेका छन् । आज वाट सुरु गरेको अभियानको रत्ननगर नगरपालिकाका प्रमुख मेयर नारायण वनले व्यानर वाचन गरेर उद्धघाटन गर्नु भएको थियो । वनले नगरको अधिकांश वजेट शिक्षामा खर्च गरिने र विधालयमा केहि समस्या भएको र तत्तकाल समाधान गर्नु पर्ने भएमा नगरपालिका तयार रहेको वताउनुभयो । त्यस्तै कार्यक्रममा जनप्रतिनिधि वडा अध्यक्ष एवं विधालय व्यवस्थापन समिति अध्यक्ष रोशन आचार्यले वडा वजेट शिक्षा क्षेत्रमा खर्च गर्ने वताउदै ,विधालयको स्तर उकास्न वडाले गर्न पर्ने जस्तु सुकै काम गर्न तयार रहेको वताउनु भएको छ ।

विद्यालयले यस वर्ष देखि नौ कक्षा सम्म अंग्रेजी माध्यमा कक्षा संञ्चालन गर्ने वताएको छ । विद्यालयले सुरु गरेको अभियानमा वडा स्तरका जनप्रतिनिधिहरु, स्थानिय संघसंस्था, अभिभावक र पुर्व विद्यार्थीहरुले पनि साथ दिएका छन् ।