पाटे बाघ जोगाउन “बाघ दौड” सौराहा डोजाङका अमृत श्रेष्ठ प्रथम (भिडियो)

चितवन, ५ बैशाख । पर्यटकीय क्षेत्र सौराहामा पहिलो पटक पाटे बाघ संरक्षणमा लागि बाघ दौड प्रतियोगिता आयोजना गरिएको छ ।

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य पुरा गर्ने उद्देश्यले चेतना फैलाउन २३औं वन्यजन्तु सप्ताहरुको अबसरमा आज सौराहामा बाघ दौड प्रतियोगिता गरिएको हो ।

 

 

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहमा पहिलो पटक बाघ संरक्षणमा सचेतना फैलाउन आज दौड प्रतियोगिता आयोजना गरिएको बाघ संरक्षण उपसमितिका अध्यक्ष जीतु तामाङ्गले जानकारी दिए ।

तामाङले बाघ बसेको क्षेत्र हरेक दृष्टिले महत्वपूर्ण हुने भनदै यसतर्फ सबैको ध्यान दिन राज्य र सबै अग्रसर हुनुपर्ने बताए ।

बाघ दौड प्रतियोगिताको एक समारोहका विच उद्घाटनका क्रममा पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफु मन्त्रिहुँदा बाघ संरक्षणका लागि रु ५० कोड विनियोजन गरेको स्मरण गर्दै गैंडा मात्रै होइन बाघका लागि पनि चितवन उत्कृष्ट जिल्लाको रुपमा पहिचान दिलाउनुपर्नेमा जोड दिए ।

‘कतिपय प्रजाति लोप हुने अबस्थामा छन्,बाघको आहारा भएन भने हराउन पनि सक्छ, पाण्डेले भन्नुभयो,हरेक प्राणि बाँच्नुपर्छ, त्यो पुथ्वीको सौन्दर्य हो ।’
सो क्रममा बोल्दै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले पारिस्थितिक प्रणालीको सूचक बाघ भएको बताउँदै संरक्षणमा सबैको हातेमालो जरुरी रहेको बताए ।

संरक्षणकर्मी तथा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगेका बताए ।
‘बाघका लागि दौड’ भन्ने नारासहित आज सौराहामा भएको ४ किलोमिटर दौड प्रतियोगितामामा सौराहा डोजाङका अमृत श्रेष्ठ प्रथम, बटुकदल गणका रणबहादुर अधिकारी दोस्रो, सौराहा डोजाङ कै रोमित राउत तेस्रो र बटुकदल गणकै सञ्जय राईले सान्त्वना स्थान प्राप्त गरेका छन् । दौडमा २० जनाको सहभागिता रहेको थियो ।