एकता संयोजन समितिको बैठक सकियो : मिल्न बाँकी विषयको जिम्मा अध्यक्षद्धयलाई

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकतामा मिल्न बाँकी रहेका विषयमा टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने नेताहरुले बताएका छन् ।

एमाले–माओवादी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।