भरतपुरमा मिस एसईई स्टार चितवनको अडिसन
सौराहा अनलाइन | २०७५, ३ बैशाख सोमबार

सम्बन्धित शीर्षकहरु

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बनाईंदै २०७७, ४ माघ आईतवार

पोल गाडेको दुई वर्षसम्म पनि गाउँमा बिजुली बलेन २०७७, ४ माघ आईतवार

जनगणनामा बोनधर्म लेख्ने लेखाउने अभियान तीव्र पार्दै तमु प्ये ल्हु संघ चितवन २०७७, ३ माघ शनिबार

इच्छाकामनामा नेकपा परित्याग गरि ३३ जना कांग्रेसमा प्रवेश २०७७, ३ माघ शनिबार

गोरखाको मनकामना मन्दिरमा दर्शनार्थीको संख्या बढ्दै २०७७, ३ माघ शनिबार

क्यूमिन रेष्ट्रो एण्ड थाली किचनको औपचारिक शुभारम्भ २०७७, ३ माघ शनिबार
मूल खबर
सबैक्यूमिन रेष्ट्रो एण्ड थाली किचनको औपचारिक शुभारम्भ

चितवनः भरतपुरको चौविसकोठीमा रहेको क्यूमिन रेष्ट्रो एण्ड थाली किचनको औपचारिक शुभारम्भ गरिएको छ । समय नेपाल.....
चितवन , ३ बैशाख । मिस एसईई स्टार चितवन२०१८ को अडिसन भरतपुरमा गरिदैछ । सोमबार पहिलो दिन अडिसनमा ५० जना किशोरी सहभागी भएका छन् । मंगलबार पनि अडिसन जारी रहने छ । गतवर्षबाट सुरु भएको यो प्रतियोगिता यसपालि दोस्रो संस्करण हो ।
लिभ एण्ड लिड इन्टरनेशनलले कायाकैरन मिडिया नेटवर्कसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा भरखरै एसईई परीक्षा सकेर बसेका किशोरी सहभागी हुँदैछन् । प्रतियोगिताको व्यवस्थापन नेपाल डायरिजले गरिरहेको छ । सोमबार पहिलो दिन ५० जना किशोरी सहभागी भएको कार्यक्रम संयोजक मनिष तामाङले जानकारी दिए ।
मंगलबार अझै धेरै सहभागी बाँकी रहेको उनले बताए । पहिलो दिन कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल, शैक्षिक परामर्श व्यवसायी राजेन्द्र श्रेष्ठ र मिस एसईई स्टार चितवनका साविक विजेता अनुष्का रानाभाटले सहभागीको व्यक्तित्व तथा अन्य क्षमता परीक्षण गरेका थिए ।
दुई दिनको अडिसनबाट २४ जना प्रतिस्पर्धीलाई छनौट गरिने मिडिया कोर्डिनेटर अनिल घिमिरेले जानकारी दिए । अडिसनबाट छानिएका प्रतिस्पर्धीलाई करिब डेढ महिनासम्म क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिएर फाइनल प्रतिस्पर्धामा सहभागी गराइने आयोजकले जनाएको छ ।