काग्रेँस सभापति देउवाको आरोप अधिनायकवाद शुरु

 

चितवन, ३ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।

उनले भने “सरकारले एकलौटी गर्न खोजे जस्तो देखिन्छ । अधिनायकवाद शुरु भईसक्यो । मनोमानी बढ्यो ।” अर्काे एक प्रश्नमा व्यङ्ग्य गर्दै उनले भने “अब विकास गर्छन्, अधिनायकवादको ।”
सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । शुरुकै कामबाट धड्काधड्की विकास भएको छ, उनले व्यङ्ग्य गर्दै भने “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।”

पार्टी कमजोर भएको छ नि भन्ने अर्काे प्रश्नमा उनले दुई वटा पार्टी मिलेपछि निर्वाचनमा जीत हार हुने कुरा स्वभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने बताउँदै प्रजातन्त्रको मूल्य मान्यता अनुसार जनताको अधिकारको लागि नेपाली कांग्रेस लडिरहने बताए ।